भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती « Khabarhub

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेको छ । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ ।

दुधपोखरी गाउँपालिका २ का वडाध्यक्ष गोविन्द दवाडीले भने, ‘पहिले घरको छानो हुने खाने र सम्पन्नले ढुङ्गाको लगाउँथे भने सबैको घरमा खरको छानो हुन्थ्यो । जस्ता पाताको प्रयोग गरेको कहीँ देखिन्थेन । सडक नजिक आउन थालेसँगै हुनेखानेले जस्तापाता लगाएको थिए तर भूकम्पपछि त गाउँ नै जस्तामय भएका छन् ।’

प्राविधिकले पनि ढुङ्गा र टायलको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रङ्गिन जस्तापाता बनेको विचौरका रामहरि न्यौपाने बताउँछन् । गह्रौँ छानालाई प्राविधिकले अस्वीकार गरेका कारण र हलुका निर्माण सामग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाह अनुसार भूकम्प प्रभावितले हलुका छानोका रूपमा लमजुङका हजारभन्दा बढी घरमा जस्तापाताको प्रयोग गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउने लाभग्राहीले बनाएको घर भनेकै रङ्गिन जस्तापाता जस्तो भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे बताउँछन् । पाण्डेका अनुसार लमजुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर शतप्रतिशत लाभग्राहीले रङ्गिन जस्तापाताले छाएका छन् ।

भूकम्पले बढी क्षति भएको जिल्लाको दुधपोखरी, विचौर र कोल्कीमा बनेका घर रङ्गीबिरङ्गी नै देखिन्छन् । साबिकको विचौर, दुधपोखरी, इलामपोखरी र कोल्कीमा पुनर्निर्माण भएका करिब ४ सय ५० घरमा निला जस्तापाताको छाना हालिएको छ ।

एकैनासका घर अनि एकैनासका छाना पुनर्निर्माणका बेला ध्यान दिएर बनाएकाले गाउँ नै नमुना बस्ती झैँ देखिएको दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमायाँ गुरुङ बताउँछिन् । भूकम्पपछि गाउँमा सबैले एकैथरि घर बनाएका छन् । अधिकांशका दुई कोठे घर छन् । दुई कोठे अनि एक तले घर उस्तै देखिन्छन् ।

जस्तापाताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुने गरेको दुधपोखरी गाउँपालिका कोल्कीका स्थानीय धनबहादुर गुरुङले बताए । गाउँमा रङ्गिनमा पनि निलो र रातो जस्तापाताको प्रयोग व्यापक मात्रामा छ ।

हरेक गाउँमा निलो र रातो जस्तापाताको छाना हालेर घर निर्माण गरिएका छन् तर थोरै मात्रामा पहिले प्रयोगमा रहेको सादा जस्ता प्रयोग गर्ने नगण्य छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ०२ बजे

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि