विदेश पलायन रोक्न ताँजेमा होमस्टे | Khabarhub Khabarhub

विदेश पलायन रोक्न ताँजेमा होमस्टे


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ ।

५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् ।

प्रकृतिको बरदान पाएको ताँजे गाउँबाट बसाइँसराइ र युवा पलायनको क्रम बढेपछि स्थानीय होमस्टेको अभियानमा जुटेका हुन् । सुरुमा गाउँको तीन घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवालाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् ।

अध्यक्ष घलेले भने, ‘युवा पलायनका कारण हिजोआज ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्ने क्रम बढ्दो छ । यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो । ताँजे गाउँमा घले, गुरुङ, तामाङ र दलित बस्ती रहेको छ । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजनाले युवाको अभियानमा साथ दिएको छ ।

होमस्टेमा मार्सी चामल र दुर्लभ कालोभट्टमासको स्वाद

हिमचुली हिमालको काखमा रहेको मनोरम पर्यटकीय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक खानेकुराले यहाँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित पार्ने गरेको छ । गाउँमै बसेर जलविद्युत आयोजनामा रोजगारी पाउने र होमस्टे सञ्चालन गर्न पाउने भएपछि गाउँ फर्कने युवाहरूको क्रम पनि बढ्दो रहेको स्थानीय मेखमायाँ घले बताउँछिन् ।

स्थानीयले गाउँमा उत्पादन हुने दुर्लभ कालो भट्टमास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा आउने पर्यटकलाई स्वागत गर्ने होमस्टे सञ्चालक घले बताउँछिन् ।

युवालाई गाउँ फर्काउने अभियानमा गाउँपालिका

आन्तरिक तथा बाह्य पर्यटकका अलावा आफ्नै गाउँ छोडेर सहर वा विदेश भासिएकाहरूलाई पनि गाउँ फर्काउने अभियानमा दोर्दी गाउँपालिका लागेको छ । गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम सञ्चालन गरेपछि स्थानीय युवाहरू हौसिन थालेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ बताउँछन् ।

उनका अनुसार जिप वा बसमा सदरमुकाम बेसीसरहबाट उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै दुई घण्टामा गाउँमा पुगिन्छ । गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : ४७ बजे

जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट

काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र

मुख्यमन्त्री सिंह र एसडीसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस

राष्ट्रियसभाबाट सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभा सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको एकपछि अर्को भिडियो भाइरल

काठमाडौं- पछिल्लो समय फिल्डमा खटिने ट्राफिक प्रहरीले सर्वसाधारणलाई गर्ने व्यवहारलाई

सिकलसेलका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको