बंगलादेशमाथि अष्ट्रेलियाको धमाकेदार जित « Khabarhub

बंगलादेशमाथि अष्ट्रेलियाको धमाकेदार जित


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाले धमाकेदाार जित हात पारेको छ ।

दुबईमा बिहिबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ८ विकेटको शानदार जित निकालेको हो ।

७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे । मिचेल मार्स १६ रनमा अविजित रहे ।

बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशको ब्याटिङ लाइन ध्वस्त बनाउन अष्ट्रेलियाका एडम जाम्पाले ५ विकेट लिए ।

जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खचिएर ५ विकेट लिएका हुन् ।

मिचेल स्टार्क र जोस हेजलवुडले समान २–२ विकेट हात पारे । ग्लेन म्याक्सवेलको नाममा एक विकेट रह्यो ।

बंगलादेश सुपर १२ मा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफूलाई बलियो बनाएको छ ।

समूह एकमा साउथ अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् । यो समूहबाट ८ अंकका साथ इंग्ल्याण्ड सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : २२ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।