इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण « Khabarhub

इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायलले सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

बुधबार इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो ।

इजरायली आक्रमणबाट सिरियामा भौतिक क्षति भएको समाचारमा उल्लेख गरिएको छ । तर, पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । इजरायली क्षेप्यास्त्रलाई सिरियाली वायुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो ।

यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए । इरान समर्थित समूहका अखडालाई लक्षित गरी उक्त हमला भएको बताइएको थियो ।

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

लेबनाली समूह हिजबुल्लाहजस्ता इरान समर्थित लडाकूका अखडा, सशस्त्र बाहन र केन्द्रलाई लक्षित गरी आफूले हमला गरेको इजरायलले स्वीकार्दै आएको छ ।

इजरायलले हिजबुल्लाहका लागि पठाइने सैन्य सामग्री बोकेका साधनमाथि समेत आक्रमण गर्दै आएको छ । एएफपी

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ३९ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका