अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का | Khabarhub Khabarhub

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ ।

तालिवानले विदेशी नागरिक बाहेक सर्वसाधारणालाई अन्य मुद्रा प्रयोग नगर्न निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो ।

तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी, पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार गर्न कडा निर्देशन दिएका छौ,’ तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले भनेका थिए ।

अफगान बजारमा अहिले पनि अमेरिकी डलर प्रयोग हुन्छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानसँगको व्यापारमा पनि डलरको प्रयोग हुन्छ ।

अफगानिस्तानको कूल खर्चमध्ये दुई तिहाई खर्च विदेशी अनुदानमा सञ्चालित छ । यसै वर्षको सुरुमा अन्तर्राष्ट्रिय मौद्रिक कोष (आइएमएफ) ले अफगानिस्तानको आफ्नो स्रोत साधनमा पहुँच नपुगेको जनाएको थियो । त्यस्तै, विश्व बैंकले देशमा सञ्चालित परियोजनाका लागि रकम रोक्का गरेको थियो ।

गत महिना आइएमएफले देशको अर्थतन्त्र ३० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको थियो । गिरावटका कारण लाखौं मानिस गरिबीतर्फ धकेलिने र मानवीय संकट उत्पन्न हुने जनाएको थियो ।

तालिवानले अगस्टमा राजधानी काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय दाता अफगानिस्तानमा आर्थिक सहयोग प्रदान गर्न हच्किएका छन् । आर्थिक संकटका कारण त्यहाँ भोकमरीको अवस्था आएको राष्ट्रसंघले बताएको छ । तालिवनले देशबाहिर रहेको ठूलो रकम ‘फ्रिज’ भएको गुनासो गर्दै आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : १५ बजे

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो

ढोरपाटन– पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने 

काठमाडौं– नेपाल लाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ

सरकारले सरकारसँग गरेको नौटंकी सम्झौता

दुई तिहाइको बलियो सरकारले पेरि अर्को कर्मकाण्ड देखायो, कार्य सम्पादन

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् दिगो हुँदैन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा