लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, 'पिक आवर'मै ४८ मेगावाट विद्युत भारत निर्यात | Khabarhub Khabarhub

लक्ष्मीपूजामा विद्युत खपतको रेकर्ड, ‘पिक आवर’मै ४८ मेगावाट विद्युत भारत निर्यात


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकद्वय विश्वप्रकाश गौतम र कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोलीले  स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १२ : २२ बजे

प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही

महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्

वीरेन्द्रनगरमा नगर प्रहरी, सडक छेउछाउका ठेला व्यवसाय व्यवस्थित गरिने

सुर्खेत– कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले आफ्नै प्रहरी खटाएको छ

रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा 

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र

केन्द्र-वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित

एजेन्सी– जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने