दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिवास -३  स्थित कारेभोगटे पुल नजिकै  सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५  का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : २७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक