दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिवास -३  स्थित कारेभोगटे पुल नजिकै  सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५  का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : २७ बजे

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्