प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै गोकुलगंगा गाउँपालिका-२, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सरकारले जारी गरेको उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ जम्मा गरेको भन्दै कार्कीले कृत्रिम बौद्धिकताको प्रयोग गरी नक्कली भौचर तथा स्टेटमेन्ट तयार पारेका थिए।

त्यसपछि उक्त नक्कली स्टेटमेन्टसँगै आफ्नै व्यक्तिगत क्यूआर कोड राखेर सामाजिक सञ्जालमा पोस्ट गरी सर्वसाधारणबाट रकम संकलन गर्ने प्रयास गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी दिएका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ११ : १० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने