तिहारमा पनि मादलको माग कम, आर्थिक संकटमा वादी समुदाय « Khabarhub

तिहारमा पनि मादलको माग कम, आर्थिक संकटमा वादी समुदाय


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जीतबहादुर बादी तिहार भित्रिसक्दा पनि फुर्सदिलो छन् । तुलसीपुर–४ का उनलाई यस वर्ष पनि देउसीभैलोका लागि मादलको माग आउन सकेको छैन्। मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन् ।

कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीको लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उनको गुनासो छ । ‘गतवर्ष कोरोनाले मादलको व्यापार भएन्, यसवर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन्’, उनले भने, ‘मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ ।’

मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो, चिन्ताले सताउन थालेको उनले बताए । ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार नै हो, यो समयमा पनि मादलको माग कम भएको छ’, उनले भने, ‘मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।’

दीपावली पर्वमा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहारमा अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन । मादल नेपाली गीतसंगीतका लागिमात्र नभएर तिहारमा खेलिने देउसीभैलोको लागि महत्वपूर्ण मनिने बाजा हो । तर, पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेसा नै संकटमा परेको छ ।

गतवर्षमा कोरोना महामारीले देउसी भैलो नै नहुने भएपछि मादलको माग घटेको थियो , पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनीहरूको गुनासो छ । तुलसीपुर उपमहानगरपालिका-४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो ।

तिहारमा खेलिने देउसीभैलोका लागि मादलको माग अत्यधिक हुँदा उनले वर्ष दिनको आम्दानी तिहारमा मात्र गर्थे, तर करिब तीन वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन् ।

‘मादलबाट आम्दानी पनि राम्रै भएको थियो’, उनले भने, ‘कोरोना महामारी सुरु भएयता मादलको व्यापार हुन सकेको छैन । यसवर्ष पनि गतवर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ ।’

तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने गरेका उनले पछिल्लो समय तिहारको समयमा ५/७ वटामात्र पनि मुस्किलले बिक्रि गर्ने गरेका छन् । ‘मादलको खोजी पनि कम हुन थालेको छ । मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ’, उनले भने, ‘अहिले कोरोना महामारीपछि त हामीहरू धेरै समस्यामा परेका छौँ ।’

मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए । ‘मादलको व्यापार नै छैन, मादल बिक्री हुने समय भनेकै त तिहारको समय हो । तर पछिल्लो समय कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’, उनले भने, ‘ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ । अब त मादल बनाएर पनि दैनिकी चल्दैन ।’

तिहारको समयमा विगतका वर्षहरूमा दैनिक रूपमा चार हजारसम्म आम्दानी गर्ने गरे पनि यसवर्ष एक हजारको समेत व्यापार हुन नसकेको उनले बताए ।

‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएको छ । गतवर्षका दिनमा कोरोना महामारीले तिहारमा भैली नहुने भएपछि मादलको माग पनि आउन सकेको थिएन, यसवर्ष पनि त्यस्तै भएको छ’, उनले भने, ‘अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमाइलो हुने भयो ।’

मादलको बजार राम्रो नभएपछि बदी समुदायको बाबुबाजेले गर्दै आएको मादल बनाउने पेसा संकटमा पर्न थालेको छ । अब यस्तै अवस्था भएमा भावी पुस्तलाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ति बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ । बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले बादी समयुदायको मादल बनाउने पेसा नै संकटमा परेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : २८ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट