कर्णालीमा मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस « Khabarhub

कर्णालीमा मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री भएको चार दिन बित्दासमेत मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । कर्णाली प्रदेश सरकारमा हाल मुख्यमन्त्रीमात्र छन् ।

माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत वैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।

माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र नेकपा (एकीकृत समाजवादी) का ३ जना सांसदहरुको समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीसँगै केही मन्त्रिहरुले शपथ ग्रहण गर्ने अनुमान गरिए पनि शाहीले राति साढे आठ बजे एक्लै शपथ लिएका थिए ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफूसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठूलो दल भएका कारणले ४ मन्त्रालयको मागेको छ भने नेकपा (एकीकृत समाजवादी०) ले ३ मन्त्रालयको मागेको छ ।

कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।

मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकीकृत समाजवादीलाई २ मन्त्रालय र आफस्सँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले मन्त्रिपरिषद् विस्तार ढिलाई भएको एकीकृत समाजवादीका एक सांसदले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना