‘गोर्खा वारियर–२’ लाई छानिए ३४ कलाकार « Khabarhub

‘गोर्खा वारियर–२’ लाई छानिए ३४ कलाकार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार छानिएका छन् । फिल्मको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि लिइएको अडिसनमा सहभागी एक सयभन्दा बढी व्यक्तिमध्येबाट ३४ जना चयन भएका हुन् ।

फिल्मको निर्माता तथा निर्देशक मिलन चाम्स, द्वन्द्व निर्देशक हिमाल केसी, छायाकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट कलाकार चयन गरेको हो । छानिएका मध्ये अधिकांश कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् ।

फिल्मको छायांकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले रोकिएको थियो । अब बाँकी छायांकन तिहारलगत्तै सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक चाम्सले बताए । त्यसपछि बाँकी छायांकनको लागि युनिट तनहुँ जानेछ । यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा फिल्मको छायांकन सम्पन्न भइसकेको छ ।

नेपालको छायांकन सकिएपछि बेलायत, भारत, मलेशियालगायतका देशमा बाँकी छायांकन सम्पन्न गरिनेछ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह–निर्माताको रुपमा सुरेश राई छन् ।

फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो फिल्मबाट डेब्यु गर्दै छन् ।

फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व रहनेछ । फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : २१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते