सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने | Khabarhub Khabarhub

सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काइरो– सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो ।

यद्यपि अपदस्थ अधिकारीहरूका बचाव पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन्।

सुना समाचार एजेन्सीले जनरल अब्देल–फत्ताह बुरहानले सूचना तथा संस्कृतिमन्त्री हम्जा बलौल, सञ्चार मन्त्री हाशिम हसबेल–रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ।

सङ्कट समाधानका लागि नागरिक सङ्क्रमणकालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबीच आन्दोलनकारी र अधिकारकर्मीहरूले कार्यकर्ता र विपक्षी नेताहरू विरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई ूसुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमणकालीन प्रक्रियालाई पुनर्स्थापना गर्न कदम चाल्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघ प्रमुखले पूर्व प्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः गरेका छन् । एपी

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : ४० बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने