साइकोलोजिकल थ्रिलर पुस्तक पढ्दै आर्यन « Khabarhub

साइकोलोजिकल थ्रिलर पुस्तक पढ्दै आर्यन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान शुक्रबार दिउँसो नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)को मुम्बईस्थित भवनमा पुगेका थिए । क्रुज शिप ड्रग्स मामलामा उनले १४ शर्तमा जमानत पाइसकेका छन् । जमानतको शर्त अनुसार उनी आफ्नो विक्ली अटेण्डेन्सका लागि केन्द्रीय एजेन्सीसमक्ष उपस्थित भएका थिए ।

अक्टोबर ३० मा आर्थर रोड जेलबाट रिहा भएपछि आर्यनको एनसीबी कार्यालयमा यो पहिलो उपस्थिति हो । उनी हातमा एक पुस्तक लिएर एनसीबीको कार्यालय पुगेका थिए । त्यो पुस्तक साइकोलोजिकल थ्रिलर ‘द गर्ल विद द ड्रेगन टेटु’ थियो ।

स्वीडिस लेखक स्टीग लार्सनको यो उपन्यास निकै लोकप्रिय मानिन्छ । यही नामबाट फिल्मकर्मीले फिल्म बनाएका छन् । जुन फिल्ममा ‘जेम्स बोण्ड’ फेम अभिनेता डेनियल क्रेग र अभिनेत्री रुनी माराले अभिनय गरेकी छन् । यो फिल्मले उत्कृष्ट सम्पादन विधामा ओस्कार एवार्ड जितेको थियो । यो फिल्मबाट वेस्ट एक्ट्रेससहित चार अन्य विधाको मनोनयनमा परेको थियो ।

आर्यन यतिबेला पिता शाहरुख खानको फिल्मका लागि सहयोग गरिरहेका छन् । शाहरुख आर्यनसँग उनको आगामी एक्सन फ्लिक फिल्म ‘पठान’मा दृश्यका लागि उनको इनपुट लिइएको थियो । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम देखिँदैछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ३४ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते