महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते « Khabarhub

महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– काठमाडौँबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्‍याएका छन् । ब्रेक फेल भई हाइस मूल सडकबाट खेतमा खसेको चालक अमर माझीले बताएका छन् ।

चालक माझीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रण लिएको छ । घाइते कसैको पनि सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना