एमसीसीबारे देउवाभन्दा प्रचण्डको फरक भनाइ, पारित गर्ने पत्र नलेखेको दाबी « Khabarhub

एमसीसीबारे देउवाभन्दा प्रचण्डको फरक भनाइ, पारित गर्ने पत्र नलेखेको दाबी


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने भनेर आफूहरुले पत्र नपठाएको बताएका छन् ।

प्रधानमन्त्री शेबहादुर देउवाले बिहीबार एमसीसी पारित गर्न प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाइसकेको बताएका थिए । देउवाको यो भनाइपछि सत्ता गठबन्धनमा तरंग आएको थियो ।

शुक्रबार प्रचण्डले देउवाले भने जस्तो आफूहरुले पारित गर्ने भनी पत्र नलेखेको दाबी गरे । पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय सहमति नभई पारित गर्न नसकिने भएकाले समय मागेर पत्र पठाइएको प्रष्टीकरण दिए । उनले पत्रमा पारित गर्न कहाँ समस्या छन् ती समाधान गरेरमात्र अगाडि बढ्ने उल्लेख गरिएको बताएका छन् ।

प्रचण्डले एमसीसीमा हस्ताक्षर गर्दा संसदबाट अनुमोदन गर्ने सर्त नरहेको तर अहिले थपिँदा समस्या भएको बताए ।

उनले अमेरिकाले अनुदान दिने र नेपालले लिने स्वभाविक भएकाले सम्झौतामा हस्ताक्षर भएको बताए । तर, अहिले संसदबाट अनुमोदन गरेर ऐनको हैसियत दिन खोजिएपछि रहस्य के हो ? भन्ने परेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : १० बजे

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको