धर्म परिवर्तनले दाजुभाइ नै पराई | Khabarhub Khabarhub

धर्म परिवर्तनले दाजुभाइ नै पराई


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृत्यु भयो । उनी २८ साउन २०७७ मा क्रिश्चियन बनेकी थिइन् । कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बनेका थिए ।

२०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दै आएका थिए । ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ ।

क्रिश्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरियो भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो ।

विशालले आमाको मृत्युको खबर भाइ पञ्चरामबाट राति नै पाएका थिए । रातारात गरेर उनी कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुगे । तर, आमाको दाहसंस्कारका क्रममा उनको भूमिका गौण रह्यो । जन्म दिएर दश धारा दूध चुसाएर हुर्काउने आमाको निधनमा उनले केश काट्न परेन, दुःख बगाउन पाएनन् ।

आमाको शव उठाएर गाड्नेसम्मका रित क्रिश्चियन धर्म अनुसार सङ्गति र भजन गर्दै सम्पन्न गरिए । आमा पनि विश्वासी (क्रिश्चियन) बनिसकेकाले सोही धर्म अनुसार घर सल्लाहमै दाहसंस्कार गरिएको पञ्चरामले बताए । हप्ता दिनपछि सान्त्वना सङ्गति गरेपछि ईश्वराको मृत्यु संस्कार सम्पन्न हुने छ ।

आमा पनि विश्वासी भएकाले यही धर्म अनुसार आमाको मृत्यु संस्कार गरिएको हो,’ पञ्चरामले भने, ‘यदि आमा पनि हिन्दु हुनुहुन्थ्यो भने दाइले आमाको दाहसंस्कार लगायतका सबै काम गर्नु पर्थ्यो । म चुप लागेर बस्नुपर्ने हुन्थ्यो ।’

पञ्चराम सहित दाल्फुका दर्जनौं परिवार क्रिश्चियन धर्ममा प्रवेश गरिसकेका छन् । सोही गाउँमा हिन्दु, किरात र स्वर्गीकमार्गीसमेत छन् । धर्म परिवर्तनले दाजुभाइको घरमा छेवर, पास्नी, पितृ पूजाआजा लगायतका रीतिरिवाजका बेलासमेत एकले अर्कालाई निमन्त्रणा गर्न असहज भएको देखिन्छ ।

उनीहरूबीचमा छोराछोरीको विवाह कर्ममा मात्र आवत–जावत हुने गरेको छ । विश्वासी (क्रिश्चियन) बनिसकेकाले पूजाआजा गर्दैनन् र पूजाआजा गरेको प्रसाद खाँदैनन् । एकै परिवारका भए पनि पारिवारिक रूपमा उनीहरू आपसमा बिरानो र पराई जस्ता देखिन्छन् । घरका बुवाआमाको मृत्यु संस्कार उनीहरूले अंगालेको धर्म अनुसार टुंग्याउने गरिएको स्थानीय बलिदान मण्डलीका अगुवा देवेन्द्र राईले बताए ।

कतिपय घरमा हिन्दु, किरात वा क्रिश्चियन धर्म मान्ने सन्तानले आ–आफ्नो धर्म अनुसार मृतक बुवाआमाको काजक्रिया गर्ने गरेको छन् । न्यूज कारखाना

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ११ : ०० बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा