नामिबियामाथि भारतको फराकिलो जित, रनरेटमा पनि सुधार | Khabarhub Khabarhub

नामिबियामाथि भारतको फराकिलो जित, रनरेटमा पनि सुधार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी–ट्वान्टी विश्वक क्रिकेटमा भारतले एशोसिएट राष्ट्र नामिबियामाथि फरकाकिलो जित हात पारेको छ । दुबईमा शुक्रबार भएको खेलमा भारतले ८१ बल बाँकी रहँदै ८ विकेटले पराजित गरेको हो ।

टस जितेर भारतले नामिबियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभर ४ बलमा अलआउट हुँदै ८५ रन बनायो । जवाफी ब्याटिङ गरेको भारतले ६ ओभर ३ बलमा २ विकेट गुमार ८९ रन बनायो ।

भारतका लागि केएल राहुल र रोहित शर्माले विस्फोटक ब्याटिङ गरेका थिए । राहुलले १९ बलमा ५० रन बनाए भने शर्माले १६ बलमा ३० रन बनाए । भारतका रवीन्द्र जडेजा र मोहम्मद शामीले ३–३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए ।

जितपछि भारतको ४ खेलबाट दुई जितसहित ४ अंक भएको छ । रन रेटमा पनि शुक्रबारको खेलबाट भारतले सुधार गरेको छ । समान ४ अंक रहेको अफगानिस्तानभन्दा भारतको रनरेट राम्रो छ । ६ अंकसहित दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डभन्दा पनि भारतको रनरेट राम्रो भएको छ ।

यो समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । न्यूजील्याण्ड र अफगानिस्तानबीच हुने खेलमा अफगानिस्तानले खेल जिते भारतको सेमिफाइनल प्रवेशको सम्भावना रहने छ । नत्र न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने छ । त्यसो त रनरेट सुधारसहित न्यूजील्याण्डमाथि अफगानिस्तानले जित हात पारे उसको पनि सेमिफाइनल पुग्ने सम्भावना छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : २३ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा