नामिबियामाथि भारतको फराकिलो जित, रनरेटमा पनि सुधार « Khabarhub

नामिबियामाथि भारतको फराकिलो जित, रनरेटमा पनि सुधार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी–ट्वान्टी विश्वक क्रिकेटमा भारतले एशोसिएट राष्ट्र नामिबियामाथि फरकाकिलो जित हात पारेको छ । दुबईमा शुक्रबार भएको खेलमा भारतले ८१ बल बाँकी रहँदै ८ विकेटले पराजित गरेको हो ।

टस जितेर भारतले नामिबियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभर ४ बलमा अलआउट हुँदै ८५ रन बनायो । जवाफी ब्याटिङ गरेको भारतले ६ ओभर ३ बलमा २ विकेट गुमार ८९ रन बनायो ।

भारतका लागि केएल राहुल र रोहित शर्माले विस्फोटक ब्याटिङ गरेका थिए । राहुलले १९ बलमा ५० रन बनाए भने शर्माले १६ बलमा ३० रन बनाए । भारतका रवीन्द्र जडेजा र मोहम्मद शामीले ३–३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए ।

जितपछि भारतको ४ खेलबाट दुई जितसहित ४ अंक भएको छ । रन रेटमा पनि शुक्रबारको खेलबाट भारतले सुधार गरेको छ । समान ४ अंक रहेको अफगानिस्तानभन्दा भारतको रनरेट राम्रो छ । ६ अंकसहित दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डभन्दा पनि भारतको रनरेट राम्रो भएको छ ।

यो समूहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । न्यूजील्याण्ड र अफगानिस्तानबीच हुने खेलमा अफगानिस्तानले खेल जिते भारतको सेमिफाइनल प्रवेशको सम्भावना रहने छ । नत्र न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने छ । त्यसो त रनरेट सुधारसहित न्यूजील्याण्डमाथि अफगानिस्तानले जित हात पारे उसको पनि सेमिफाइनल पुग्ने सम्भावना छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : २३ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।