मन्त्री बाँस्कोटाको प्रश्न– प्रेस स्वतन्त्रता कसैलाई ठोक्न वा रोप्नलाई हो ? « Khabarhub

मन्त्री बाँस्कोटाको प्रश्न– प्रेस स्वतन्त्रता कसैलाई ठोक्न वा रोप्नलाई हो ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल विधेय फिर्ता नहुने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयक विविध प्रक्रियाद्वारा अघि बढाइने बताएका हुन् ।

उनले मिडिया काउन्सिल विधेयकका विषयमा आएका सुझावका आधारमा नेपाली प्रेसले महशुस गरेका विषयलाई उठाइएको भन्दै यसलाई समयसापेक्ष बनाइने बताए ‘सही सूचना सम्प्रेषण गर्ने हो, किन दिग्भ्रमित पार्ने ? भन्दै प्रतिप्रश्न गरेका मन्त्री बाँस्कोटाले भने,‘ मिडिया काउन्सिल विधेयक शुसाशनका लागि हो । दुरुपयोग रोक्नलाई हो । हरेक कुरा कसैको जागरण अभियानमा लगेर घुसाउनु भएन नि ?’

सरकारले नेपाली प्रेस जगतका सकारात्मक विषयलाई सही दिशा निर्देश गर्ने कुरा लाई सहयोग गर्ने बताए । ‘लोकतान्त्रिक भनिएका मुलुकमा पनि जरिवानाको प्राबधान छ, तर कुन कुरा कता आकर्षित हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । सच्याउने, संशोधन गर्ने प्रावधना हुन्छ, यही होइन त शक्ति पृथकीकरणको कुरा ?’ मन्त्री बाँस्कोटाले भने ।

उनले भने- ‘प्रेस स्वतन्त्रता कसैलाई ठोक्नलाई हो वा रोप्नलाई पनि हो ? नयाँ  चिज, संस्कृति, संस्कार, अर्थतन्त्र सबल बनाउन रोप्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ४ : ५७ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक