आर्यनको मुद्धाबाट हटाइए समीर « Khabarhub

आर्यनको मुद्धाबाट हटाइए समीर


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– लागुऔषध मामलामा जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा भइसकेका छन् । यद्यपि उनीमाथि खतराको बादल अझै मडारिइरहेको छ ।

आर्यन शुक्रबारमात्रै एनसीबीको भवनमा हाजिरीको लागि उपस्थित भएका थिए । यहीबीचमा आर्यनको मुद्धासँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ । समाचारअनुसार आर्यनको लागुऔषध मुद्धाबाट एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेलाई हटाइएको छ ।

समीरलाई हटाइएपछि आर्यनसहित ६ व्यक्तिको मुद्धा अब एनसीबीको केन्द्रीय टिमलाई हस्तान्तरण गरिएको छ ।

यो मामलामा आर्यन खान, नवाब मलिकका ज्वाइँ समीर खानका अलावा इकबाल कासकर, अरमान कोहली, कश्मीर ड्रग्स केस सामेल छन् । यद्यपि समीर आफ्नो पदमा भने रही रहनेछन् । उनले मुम्बई एनसीबीको जोनल डाइरेक्टर पद नै सम्हाल्नेछन् ।

यो मामलामा समीर मुम्बईमा रहेर दिल्लीको मुख्यालयलाई रिपोर्टिङ गर्नेछन् । अब समीरले कुनै पनि आगामी मुद्धामा काम गर्नु अघि दिल्ली मुख्यालयको अनुमति लिनुपर्नेछ ।

‘एनसीबीको कुनै पनि अफिसरलाई उसको पदबाट हटाइएको छैन । विशेष आदेश नआउञ्जेलसम्म एनसीबी अहिलेकै रुपमा काम गर्नेछ । समीरले अगाडि पनि एनसीबीमा रहेर यही पदमा काम गर्नेछन्’, एनसीबीका डेपुटी डिरेक्टर जनरल अफ अपरेसन सञ्जय सिंहले भनेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  २ : १५ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु