दाङमा दुई जनाको हत्या | Khabarhub Khabarhub

दाङमा दुई जनाको हत्या


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा एकै दिन दुई जनाको हत्या भएको छ । तुलसीपुरमा एक युवकको र गढवाम एक महिलाको शनिबार हत्या भएको हो । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निबासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरूको लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको हत्या भएको हो ।

घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डागी गम्भीर घाईते रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा सम्लग्न रहेकाहरू सबै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको अर्यालले बताए । दुई गाउँका युवाहरूबीच पहिलेदेखि मन्मुटाप रहेको र शनिबार भेटेपछि घटना भएको डिएसपी अर्यालले बताए । घाइते र मृतक यसअअघि चोरी र कुटपिट मुद्दामा १५ हजार धरौटीमा छुटेका वयक्ति हुन् ।

गढवामा श्रीमतीको हत्या

गढवामा बञ्चरोको बिँडले प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घरायसी विवादमा डनबहादुरले सुनिताको टाउकोमा बञ्चरोको बिँडले हिर्काएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १ : ४३ बजे

अर्थतन्त्र नै हल्लाइदिने १२ खर्बको दशैँ !

काठमाडौं – निम्न मध्यम वर्गीय परिवारको बाहुल्यता रहेको समाजमा चाडपर्वले

बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

काभ्रे– यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका

आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध

काठमाडौं– भारतका लागि इजरायली राजदूतावासका प्रवक्ता गाय निरले आतंकवाद निर्मूल

बाढीपहिरो पीडित लाभग्राहीको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर– गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन