कहाँ अड्कियो गण्डकीको लाइफलाइन ? | Khabarhub Khabarhub

कहाँ अड्कियो गण्डकीको लाइफलाइन ?


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो । भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ ।

त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी–कोरला सडकलाई प्रदेशको लाइफलाइनको रूपमा अघि सारियो । प्रदेश गौरवको योजना अन्तर्गत पर्ने यो आयोजनाका विभिन्न खण्ड अन्य सडक आयोजना अन्तर्गत पर्छन् ।

दुलेगौंडादेखि पोखरासम्म पृथ्वी राजमार्ग, पोखरादेखि याम्दीसम्म पोखरा महानगरको सडक छ भने याम्दीदेखि मालढुंगासम्म मध्येपहाडी राजमार्ग पर्छ ।

त्यहाँबाट कोरला कालिगण्डकी कोरिडोर मातहत छ । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजनामध्ये छ वटा खण्डको काम सकिएको छ ।

१० वटा प्याकेजमा ठेक्का लगाइएकोमा बेनी(जोमसोम र चराङदेखि छोसेरसम्मको सडक स्तरोन्नति बाँकी छ । २५ किलोमिटर दूरीको यो खण्ड तामाङ–गौरी पार्वती–सप्तकोसी जेभीले ठेक्का लिएको हो ।

भेनादेखि घिलिङ, कागबेनीदेखि ताङवे, ताङ्वेदेखि चैले, चैलेदेखि चराङ र छोसेरदेखि कोरला खण्डको सडक स्तरोन्नति भइसकेको आयोजनाले जनाएको छ । जोमसोमदेखि कागबेनीसम्मको खण्डमा कालोपत्रे गरिँदै छ । यो खण्ड २५ किलोमिटरको छ । ग्राभेल सकेर कालोपत्रे गर्न लागिएको हो । बेनीदेखि कोरलासम्म १८६ किलोमिटर सडक छ । त्यसमध्ये जोमसोम कोरला ११० किलोमिटर छ भने बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर छ ।

बेनी(जोमसोम खण्ड भने चार प्याकेजमा काम भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्म र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ । यो दुईवटा खण्ड २५ किलोमिटरको छ ।

कैकुखोलादेखि खन्तीसम्मको सडकमा कालोपत्रेको काम सकिन लागेको छ । यो करिब १७ किलोमिटर लामो छ ।

सबैभन्दा जोखिमपूर्ण र काम गर्न सकस परेको नारच्याङदेखि कैकुखोला अन्तर्गत काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा समस्या परेको छ । कडा चट्टान र लेदो माटो भएकोले काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । कोवाङ–जोमसोम १८ किलोमिटर सडकसमेत कालोपत्रेको प्रक्रियामा छ । यता बेनीदेखि मालढुंगा सडकमा भने फराकिलो बनाउनै बाँकी छ ।

यो सडकअन्तर्गत गत वर्षसम्म पाँच अर्ब १३ करोड खर्च भइसकेको छ । यो वर्ष थप एक अर्ब ३० करोड विनियोजन भएको आयोजनाले जनाएको छ । यो वर्ष सबै खण्डको काम पूरा हुने आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।

मालढुंगापछि पोखराको याम्दीसम्म मध्येपहाडी लोकमार्ग पर्छ । यसको पनि स्तरोन्नती भैरहेको छ । त्यहाँबाट पोखरा सडक र पोखरादेखि दुलेगौंडासम्मको सडकमा समस्या खासै छैन । त्यसपछि पूरै जिम्मा प्रदेश सरकारको छ । उत्तर–दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ । डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ ।

यद्यपी, दुम्कीबासदेखि त्रिवेणी खण्डमा पूर्ण अवरोध छ । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको आठ किलोमिटर पर्छ ।

‘दुम्कीबासबाट त्रिवेणीका लागि अघिल्लो सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन । पैसा त जतिबेला पनि हामीसँग हुन्छ, तर प्रक्रियामा लैजान सकिएको छैन,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्युज कारखानासँग भने, ‘निजकुन्जबाट यो क्षेत्र छुटिने वित्तिकै काम अघि बढ्छ । केन्द्र सरकारलाई भनेका छौं । यदी हाम्रो माग सुनिएन भने सुरुङमार्ग बनाएर भए पनि सडक खोल्छौं ।’

सुरुङमार्ग बनाउनका लागि १८ देखि २० अर्ब लाग्ने अनुमान छ । यो ट्रयाक खोल्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत बुझाएका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्जको केही भाग गण्डकी प्रदेशमा पर्छ । भारतको सिमानामा छोटी भन्सारसमेत छ ।

तर, यहाँबाट कारोबार भने भएको छैन । कोरलामा पनि सरकारले भन्सार निर्माणको तयारी थालेको छ । यसलाई रणनीतिक सडकको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  २ : ३७ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको