विश्वमा आज: थाइल्यान्डको कुदेखि हिटलरको हत्या प्रयाससम्म | Khabarhub Khabarhub

विश्वमा आज: थाइल्यान्डको कुदेखि हिटलरको हत्या प्रयाससम्म


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

थाइल्यान्डमा कु
थाइल्यान्डमा सरकारबिरुद्ध कु कुनै नौलो घटना होइन् । थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ । सन् १९७१ मा त्यहाँका फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध कु गरेका थिए । कम्युनिस्टहरुको प्रभाव बढेको कारण दर्शाउँदै किट्टीकाचोर्नले कु गरेका थिए ।

हिटलरको हत्या प्रयास
सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए । एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला इल्सरले एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए । बिस्फोटमा हिटलर बाँच्न सफल भएका थिए । उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति
जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए । सोही आबिश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

हिटलरको असफल सत्तापलट प्रयास
सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल हलीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए । उनीहरुले म्युनिखस्थित बीं केलरबाट मार्च सुरु गरेका थिए । कू प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी केही बर्ष कैद गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ०० बजे

प्रचण्डको घोषणा- माओवादी नेता-कार्यकर्ताका सन्तान निजी स्कुल र विदेश पढ्न जाँदैनन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय

मधेसका स्थानीय तहसँग सङ्घीय मामिला मन्त्रालयले सहजीकरण गर्दै

वीरगञ्ज– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट ल्याउन

चुरे क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक : कार्यवाहक प्रधानमन्त्री सिंह

सिरहा– कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुने

काठमाडौं– नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल