पादेर लखपती बनिन् यी महिला, दिनकै कमाई ३० लाख | Khabarhub Khabarhub

पादेर लखपती बनिन् यी महिला, दिनकै कमाई ३० लाख


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाद आउनु प्राकृतिक कुरा हो । तर यसलाई कतिपय असहज र लज्जाको विषय मान्दछन् । तर अमेरिकी एक महिला भने आफ्नो पादका कारण विश्वमा चर्चित मात्र छैनन् लाखौं कमाउँदै छन् ।

अमेरीकाकी लश बोटानिका पेशाले एक युट्युबर र वयस्क चलचित्र स्टार (एडल्ट स्टार) हुन् । तर उनको कमाई यतिमा मात्र सीमित छैन । उनले अनलाईनमा आफ्नो पाद बेचेर एक दिनमै २५ हजार डलर अर्थात करीबन २९ लाख ७१ हजार भन्दा बढि कमाएकी छिन् ।

एक अन्तर्वार्तामा लशले उनीसँग सम्पर्कमा रहेका एक व्यक्तिले उनलाई पादेर एक भिडियो बनाउन सुझाव दिएका थिए । शुरुमा उनी क्यामेरा अघि पाद्न तयार थिइनन् तथापी उनले एक भिडियो बनाइन् । उनको भिडियोलाई सुझाव दिने व्यक्तिले सकारात्मक माने ।

बिस्तारै उनलाई पादेर भिडियो बनाउने माग आउन थाल्यो । यसकालागि उनलाई पैसाको समेत अफर गरिएको थियो ।

लशका अनुसार एक समय उनले केवल पादेको भिडियो बनाएर दिनमै २५ हजार डलर कमाएकी थिइन् । तर उनलाई पादेको भिडियो बनाउन सहज थिएन । त्यसैले उनी पनीर समेत कैयौं दुग्धजन्य पर्दाथको सेवन गर्थिन् । यसैका कारण उनी पादेको एक भिडियो बनाउन १ सय ७५ डलरसम्म लिने गर्दछिन् ।

लशले आफ्नो पादको भिडियो मात्र बनाउँदिनन् उनी पादेर त्यसलाई जार वा सामानमा भरेर ग्राहकलाई समेत पठाउँछिन् । एक पटक उनले ग्राहकको चाहाना बमोजिम फ्लेवर्ड ललीपपमा समेत पादेकी थिइन् । यतिमात्र होइन कतिपय ग्राहकले उनलाई केही मूर्तिमा समेत पाद्न लगाई पैसा दिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ०१ बजे

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२