छत्तीसगढमा प्रहरी जवानले आफ्नै साथीलाई गोली हाने, चार जनाको मृत्यु | Khabarhub Khabarhub

छत्तीसगढमा प्रहरी जवानले आफ्नै साथीलाई गोली हाने, चार जनाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् ।

घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोली चलाए भन्ने खुल्न सकेको छैन । यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो ।
अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो । त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जना गम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो ।

बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ३० बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट