प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारको प्रदर्शन | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारको प्रदर्शन


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ । सोमबार कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् । उनीहरु सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पुगेका छन् ।

यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । तर, राणाले राजीनामा दिएका छैनन् । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । आइतबार देशभरका बार इकाइँसग छलफल गरिएको थियो । सो छलफलपछि आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो ।

राणाको राजीनामा माग्दै सर्वोच्चकै १९ जना न्यायाधीशहरुले राणाले तोकेको पेशी बहिस्कार गरिरहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १२ : ०७ बजे

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता

काठमाडौं– दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको

स्वस्तिका र शिभाली सेमिफाइनलमा

काठमाडौं– स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री

देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पाटन– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा

जब एक दर्शकले केकीलाई रुदै फिल्मको संवाद सुनाए…

काठमाडौं – नायिका केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘परान’