प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारको प्रदर्शन « Khabarhub

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बारको प्रदर्शन


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ । सोमबार कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनबाट प्रदर्शन सुरु गरेका छन् । उनीहरु सर्वोच्च अदालत प्रांगणमा धर्ना दिन पुगेका छन् ।

यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । तर, राणाले राजीनामा दिएका छैनन् । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । आइतबार देशभरका बार इकाइँसग छलफल गरिएको थियो । सो छलफलपछि आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो ।

राणाको राजीनामा माग्दै सर्वोच्चकै १९ जना न्यायाधीशहरुले राणाले तोकेको पेशी बहिस्कार गरिरहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १२ : ०७ बजे

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा