‘प्रधानन्यायाधीशले राजीनामा दिए स-सम्मान बिदा गर्छौँ’ (भिडियो) « Khabarhub

‘प्रधानन्यायाधीशले राजीनामा दिए स-सम्मान बिदा गर्छौँ’ (भिडियो)


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानून व्यवसायीहरुले आजै राजीनामा दिए ससम्मान बिदा गर्ने बताएका छन् ।

सोमबार नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीले सर्वोच्च अदालतमा धर्नासमेत दिएका छन् । धर्नामा जानुअघि कोणसभालाई सम्बोधन गर्दै कानून व्यवसायीहरुले न्यायापालिकालाई सुदृढीकरण गर्न प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएशनका पूर्वसदस्य रमण मकुमार कर्णले भने, ‘न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्नु आफैमा दुःखद् कुरा हो । माग गर्दा पनि राजीनामा नदिनु झन् ठूलो दुःख को कुरा हो । आज राजीनामा दिनु भयो भने ससम्मान बिदा गर्दछौं ।’

यस्तै वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाले न्यायापालिकालाई संकटमा पारे बताए । उनले भने, ‘न्यायापालिका प्रधनन्यायाधीशकै कारण असम्मानित भएको छ । उहाँ न्यायापालिकाको समस्या हुनुभएको छ । उहाँकै कारण सेवाग्राहीले दुःख पाएका छन्। उहाँकै न्यायाधीशहरुले साथ छोडेका छन् ।’

उनले सम्मान पाउन सम्मानजनक काम पनि गर्नुपर्ने बताए । उनले सञ्चार माध्यममा कुनै न्यायाधीशले आफ्नो बचाउमा अन्तर्वार्ता दिनु दुःखद् भएको बताए । प्रधानन्यायाधीश राणाले आफ्नो बचाउमा अन्तर्वार्ता दिएका थिए ।

त्रिपाठीले भने, ‘उहाँ जतिदिन प्रधान प्रधान्यायाधीशको पदमा बस्नुहुन्छ । उति नै उक्त पदको अपमान हुन्छ । जति सक्दो उहाँले छिटो राजीनामा दिनमा नै सबैको भलाइ हुन्छ । पशुपतिनाथले उहाँलाई सद्बुद्धी प्रदान गरुन र जतिसक्दो चाँडो राजीनामा दिनुहोस् भन्छु ।’

यस्तै बार एशोसिएशनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले पनि प्रधान्यायाधीश राणा समस्याका रुपमा देखा परेको बताए । उनले यस्तो संकटमा पनि राजनीतिक दलहरु चुप लाग्नु दुःखको विषय भएको भन्दै बारको आन्दोलन दलप्रति सोझिने चेतावनी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १२ : ३४ बजे

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण