मनीषाले सम्झिइन् क्यान्सर उपचारको क्षण « Khabarhub

मनीषाले सम्झिइन् क्यान्सर उपचारको क्षण


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री मनीषा कोइराला ती अभिनेत्रीको सूचीमा पर्छिन्, जसले आफ्नो जीवनमा क्यान्सर जस्तो खतरनाक रोगलाई मात खुवाइन् । उनी कैयौं कार्यक्रममा क्यान्सरसँग जोडिएको आफ्नो अनुभव बाँड्छिन् ।

उनले आफ्नो दृढ अठोट र हिम्मतले क्यान्सरलाई हराउन सफल भइन् । मनीषाले नोभेम्बर ७ मा पर्ने राष्ट्रिय क्यान्सर जागरुकता दिवसको दिन क्यान्सरसँगका लडाईंको पुरानो तस्वीर सामाजिक सञ्जालमा राखेर स्मरण गरेकी छन् । उनले मानिसहरुलाई समाजमा क्यान्सरलाई लिएर जागरुकता फैलाउन आव्हान गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो क्यान्सरको उपचारको समयको तस्वीर राखेकी छन् । ‘राष्ट्रिय क्यान्सर जागरुकता दिवसको मौकामा म ती सबैलाई शुभकामना दिन्छु र क्यान्सरको उपचारको कठिन समयमा गुज्रिरहेका बिरामीहरुलाई सम्झन चाहन्छु । मलाई थाहा छ कि यो यात्रा कठिन छ । तर तपाईं यी कुरामा मजबुत हुनुहुन्छ । क्यान्सरका कारण जो व्यक्तिको निधन भएको छ, उनीहरुप्रति सम्मान दिन चाहन्छु । जसले क्यान्सरलाई जिते, उनीहरुसँग उत्सव मनाउन चाहन्छु’, उनले लेखेकी छन् ।

मनीषाले राखेको तस्वीरमा उनी उपचारको क्रममा अस्पतालको शैयामा पोज दिइरहेकी छन् । यसबाहेक अन्य तस्वीरमा उनले आफ्ना परिचित व्यक्तिहरुसँग हँसिलो मुद्रामा देखिन्छिन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : २५ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती