पुषमा ‘चपली हाइट ३’, वैशाखमा ‘प्रकाश’ | Khabarhub Khabarhub

पुषमा ‘चपली हाइट ३’, वैशाखमा ‘प्रकाश’


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसै वर्षको पुष र आगामी नयाँवर्षको अवसर पारेर वैशाखलाई रिलिज गर्ने गरी दुई फिल्मले प्रदर्शन मिति सार्वजनिक गरेका छन् । निर्माता अर्जुन कुमारको निर्माण रहेको सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको फिल्म ‘चपली हाइट ३’ पुष २ गते रिलिज हुनेछ भने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ वैशाखमा रिलिज हुनेछ । यद्यपि ‘प्रकाश’ रिलिज हुने दिन तोकेको छैन ।

फिल्म ‘चपली हाइट ३’ दुई वर्ष अघि नै रिलिज हुने तयारीमा थियो । तर कोभिड महामारीका कारण फिल्मको रिलिज अनिश्चित भएको थियो ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ । फिल्मका अघिल्ला दुई सिरिज व्यावसायिक रुपमा सफल फिल्म मानिन्छन् ।

यता फिल्म ‘प्रकाश’ले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा देखाउनेछ । फिल्ममा अभिनेता प्रदीप खड्काले प्रमुख भूमिका निभाएका छन् ।

फिल्ममा प्रदीपसँगै रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा लेखन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको व्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । जुम्लामा छायांकन गरिएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, अनुप बरालको कास्टिङ निर्देशन, ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत तथा आरआर फिल्मसका लागि रत्न श्रेष्ठ र रोहित कट्टेलको वितरण छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ३४ बजे

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने