सर्वोच्च दृश्य : विरोधपछि बार जुम मिटिङमा, ४ न्यायाधीश इजलासमा | Khabarhub Khabarhub

सर्वोच्च दृश्य : विरोधपछि बार जुम मिटिङमा, ४ न्यायाधीश इजलासमा


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १५ दिनयता रामशाहपथस्थित सर्वोच्च अदालतमा नयाँ नयाँ घटनाक्रम विकसित भइरहेका छन् । तिहार बिदाअघि न्यायाधीशहरू इजलास बहिस्कार गर्ने, नेपाल बार जुलुस लगाउने र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कार्यकक्षमा मुसुमुसु हाँस्दै बस्ने गर्थे ।

तिहार बिदापछि पनि यी तीन दृश्य जस्ताको तस्तै छन् । अदालत खुल्नेबित्तिकै सोमबार नेपाल बारअघि राणाविरुद्ध प्रर्दशनमा उत्रिएको नेपाल बार एशोसिएशनका पदाधिकारी यतिबेला मंगलबारदेखि कस्तो आन्दोलन गर्ने भनेर देशभरका बार इकाइसँग जुम मिटिङमा छन् ।

इजलास नबस्ने सामूहिक निर्णय गरेका न्यायाधीशहरूमध्ये चार जनाले मुद्दा सुनुवाइ गरेका छन् । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र कुमार चुडालले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका हुन्।

प्रधानन्यायाधीशले गठन गरेका ६ वटा इजलास मध्ये तीन इजलासमा मुद्दा सुनुवाइ भएको छ । सुनुवाइमा सहभागी नभएका न्यायाधीशहरू भने आगामी रणनीतिका लागि भन्दै छलफलमै छन् ।

नेपाल बार र न्यायाधीशहरू छलफलमै जुटेका बेला प्रधानन्यायाधीशले भने आफूले सम्मानजनक बर्हिगमन नखोजेको बताएका छन् ।

सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीलाई बोलाएर राणाले सोमबार पनि आफूले बर्हिगमनको विषय नसोचेको र नबताएको भन्दै यसलाई सार्वजनिक गरिदिन भनेको एक उच्च अधिकारीले न्युज कारखानालाई बताए ।

‘तिहार बिदापछि उहाँमा थप ‘कन्फिडेन्स’ बढेको छ, उहाँले मैले बर्हिगमन भनेको पनि छैन, सोचेको पनि छैन, यस विषयमा क्लियर हुनु पर्‍यो भन्नुभएको छ,’ प्रधानन्यायाधीशसँगको छलफलमा बसेका एक रजिष्ट्रारले भने ।

तिहारलगत्तै महाअभियोग प्रक्रियामा जानसक्ने आशय व्यक्त गरेका दलहरूबीच यसको मोडालिटी र महाभियोगको एजेण्डामा साझा धारणा बन्न सकिरहेको छैन ।
दलहरू तिहार बिदापछि पनि मौन बसेपछि प्रधानन्यायाधीले प्रशासन संयन्त्रलाई बोलाएर बर्हिगमनको विषयमा प्रष्ट पारेका हुन् ।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेर मात्र न्यायालयको विवादका वारे बोल्ने बताइसकेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानन्यायाधीशको विषयमा केन्द्रीय समिति बैठकअघि पार्टीले कुनै धारणा नबनाउने न्युज कारखानालाई बताएका छन् ।

गठबन्धन कांग्रेसले लिने निर्णय कुरेर बसेको छ भने प्रमुख प्रतिपक्षी दलले अदालतभित्रको आन्दोलनमा स्पष्ट ‘इन्ट्रेस्ट’ सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : १५ बजे

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व संकलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१-८२ को

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण