विराट कोहली : महान् खेलाडी, ‘फ्लप’ कप्तान | Khabarhub Khabarhub

विराट कोहली : महान् खेलाडी, ‘फ्लप’ कप्तान


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ । उसले सोमबार साँज ७:४५ बजे अन्तिम खेलमा नामिबियाको सामना गर्दै छ । टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ ।

यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन् । कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ । तर, आईसीसी प्रतियोगिताका ठूला खेलहरूमा उनको कप्तानीको चमक फिक्का भएको छ । विराटले अहिलेसम्म ६५ टेस्ट खेलमा भारतको कप्तानी गरिसकेका छन् ।

जसमा टोलीले ३८ खेल जितेको छ, जुन कीर्तिमान हो । योसँगै विराट कोहली एमएस धोनी, मोहम्मद अजहरुद्दिन पछि एकदिवसीय अन्तर्राष्ट्रियमा भारतका तेस्रो सफल कप्तान हुन् ।

विराटले अहिलेसम्म ९५ एकदिवसीय खेलमा भारतको  कप्तानी गरेका छन्, जसमा भारतले ६५ खेल जितेको छ । यसबाहेक विराटले अहिलेसम्म ४९ टी-२० खेलमा भारतको नेतृत्व गरेका छन् ।

कोहलीको  रेकर्ड

३३ वर्षीय कोहली टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। उनले अहिलेसम्म भारतका लागि ६५ टेस्ट खेलमा ५६.११ को औसतमा ५६६७ रन बनाएका छन् । यस अवधिमा उनको ब्याटले २० शतक र १७ अर्धशतक प्रहार गरेको छ ।

कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा धोनीपछि दोस्रो सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन् । कप्तानको रूपमा उनले अहिलेसम्म ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२.६५ को औसतमा ५ हजार ४ सय ४९ रन बनाएका छन्।

यस अवधिमा उनको ब्याटबाट २१ शतक र २७ अर्धशतक प्रहार भएका छन् । योसँगै विराट अष्ट्रेलियाका कप्तान आरोन फिन्चपछि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । कोहलीले अहिलेसम्म ४९ टी-२० अन्तर्राष्ट्रियमा कप्तानको रूपमा १५७० रन बनाएका छन् ।

फ्लपकप्तान

विराटको कप्तानी आईसीसी टूर्नामेन्टका ठूला खेलहरूमा पूर्ण रूपमा फ्लप भएको छ। विराटाको कप्तानीमा भारत २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १८० रनले पराजित भएको थियो ।

उक्त खेलमा विराट कोहलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। त्यसको पूरा फाइदा उठाउँदै पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३३८ रन बनायो । सन् २०१९ को विश्वकपमा भारतले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनायो ।

तर, निर्णायक खेलमा उनी फेरि एकपटक फ्लप साबित भए । उक्त सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत १८ रनले पराजित भएको थियो । टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट प्रदर्शनलाई हेर्दा, आईसीसी टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने अपेक्षा गरिएको थियो । तर, साउथह्याम्पटनमा भएको फाइनल खेलमा विराटको भाग्यले फेरि धोका दिएको थियो। टस हार्नु मात्र होइन भारतले आठ विकेटले हार व्यहोरेको थियो ।

साथै, लामो समय आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी गरे पनि उनको टोलीले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन। यसैलाई कारण मान्दै कोहलीले आईपीएलको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

अहिले चलिरहेको टी-२० विश्वकपमा भारतीय टोली उपाधिको दाबेदार मानिएको थियो ।  तर, पाकिस्तान र न्युजिल्यान्डविरुद्धको खेलमा ब्याटिङ र बललिङ दुवैमा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो । योसँगै विराटको भाग्यले दुवै खेलमा धोका खायो र उनी टस जित्न पनि असफल भए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ३६ बजे

काठमाडौँ उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौं- यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ– काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौं– बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई

राष्ट्रपतिबाट विजयादशमीमा टीका तथा प्रसाद प्रदान हुने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन