मोटरसाइकल दुर्घटनामा वृद्धाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा वृद्धाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

ठक्करबाट जिल्लाको मालिका गाउँपालिका- ८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको हो । सोही स्थानकी ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

सोमबार दिउँसो तम्घास-सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु५५प ९७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइक चालक मालिका- ८ मर्भुग दँगासका २७ बर्षीय ललित पौडेल फरार छन् ।

सडक काट्ने क्रममा मोटरसाइकलले दुई वृद्धालाई ठक्कर दिएको पाण्डेयले जानकारी दिए । घाइतेको थप उपचारका लागि पाल्पा रेफर गरिएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : १० बजे

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार

टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका