पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण « Khabarhub

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन् ।

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो ।

कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो । सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा रेग्मीलाई आज मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे जानकारी लिएको छ ।

दुवै पक्षको जानकारी लिएर बोर्डका कार्यकारी प्रमुख रेग्मीसँग लिखित स्पष्टीकरण माग गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ । यता बोर्डले विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको दाबी गरिएको छ ।

उक्त दिन भन्सार जाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी जाँच छिटो गर्न आग्रह गर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभन भएको थियो ।

विज्ञप्तिमा जनाइएअनुसार बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि प्रमुख रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथि कुटपिट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको बोर्डले स्पष्ट पारेको छ । त्यसैगरी कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय गलत रहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ४४ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई