पुनम पाण्डेको उजुरीमा पति सेम पक्राउ « Khabarhub

पुनम पाण्डेको उजुरीमा पति सेम पक्राउ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री पुनम पाण्डेले पति सेमविरुद्ध कुटपिटको उजुरी दर्ता गराएकी छन् । उनको उजुरी पछि बान्द्रा प्रहरीले पति सेम बम्बेलाई पक्राउ गरेको छ । अदालतले सेमलाई तीन दिनका लागि हिरासतमा राखेको छ ।

गत वर्ष पनि पुनमले पतिविरुद्ध छेडछाड, धम्की र कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यो उजुरी पछि गोवा प्रहरीले सेमलाई पक्राउ गरेर जमानतमा छोडेको थियो । तर पुनः एकपटक पुनमको एफआईआरमा रहेर सेमलाई बम्बईको प्रहरीले पक्राउ गरेको हो ।

सेमसँग विवाह गर्नु अघि पुनम दुई वर्षसम्म लिभ–इन–रिलेसनमा थिइन् । गत वर्षको सेप्टेम्बर १० मा उनले सेमसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाहको १२ दिनपछि तनाव सुरु भएको थियो ।

सेम बम्बेको जन्म संयुक्त अरब इमिरेट्सको दुबईमा भएको थियो । उनी एक विज्ञापन–फिल्म निर्माता हुन् । ३६ वर्षे सेमले अक्षय कुमार, रणवीर कपुर, दीपिका पादुकोण, ज्याकुलिन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुनलगायतसँग विभिन्न प्रोजेक्टमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ३५ बजे

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर

अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै

अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम

सप्तरी–१ मा रास्वपकी चौधरी विजयी

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १