‘कुइनेटो’ गीतमा श्रीदेवको पीडा « Khabarhub

‘कुइनेटो’ गीतमा श्रीदेवको पीडा


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘कुइनेटो’ को नयाँ गीत ‘जलेको जल्यै’ सार्वजनिक भएको छ । वियोगान्त गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ ।

फिल्मका निर्देशक माधवराज खरेल हुन् । उनका अनुसार सुदुरपश्चिमको विभिन्न स्थानमा खिचिएको फिल्ममा मौलिक प्रेमकथा देखाइएको छ । गीतमा श्रीदेव भट्टराई र श्रीजु अधिकारी फिचर्ड छन् ।

कमला जोशीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसीलगायतको अभिनय छ ।

फिल्ममा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन छ । फिल्मको रिलिज टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १२ : १६ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते