कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो | Khabarhub Khabarhub

कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो

बसाइसराइ मुख्य कारण


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसंख्या बढ्ने देखाएको छ । २०६८ सालको जनगणनाको तुलनामा यसपटक डेढ लाख हाराहारी जनसंख्या थपिने अनुमान गरेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । अघिल्लो जनगणनाअनुसार कास्कीमा चार लाख ९२ हजार जनसंख्या छ । यो बढेर ६ लाख ३० हजार हाराहारी पुग्ने कार्यालयले जनाएकाो छ ।

‘अहिलेसम्म घर संख्या हेरेर अनुमान गरेका हौं । अलिअलि तलमाथि हुन सक्छ । करिब त्यही हाराहारी आउँछ,’ कार्यालय प्रमुख जग्गुलाल बस्यालले भने, ‘त्यसकै आधारमा गणकहरू खटाएका छौं । मुल गणनापछि मात्रै आधिकारीक डाटा आउँछ ।’ उनका अनुसार यहाँ एक लाख ४५ हजार घर छन् । त्यसमध्ये एक लाख १६ हजारमा मान्छे बसेका छन् । एक लाख ६८ हजार परिवार छन् ।

जिल्लामा जनगणनाका लागि आठ सय ५० जना गणक खटाइने छ । ‘सबैलाई तालिम दिएका छौं । केही टोलीलाई भोलिसम्म दिइसक्छौं,’ उनले भने, ‘करिब तयारी पूरा भएको छ । गणनाको सामग्री पनि जम्मा भैसक्यो ।’ मुख्यगरी बसाइसराइका कारण कास्कीको जनसंख्या बढी हुने बताइएको छ । ‘जन्मदर घट्दो छ । गाउँमा भन्दा सहरमा यो अनुपात झन् बढी छ,’ बस्याल भन्छन्, ‘विवाह ढिलो हुने र कम बच्चा जन्माउने कारण समग्र जनसंख्या भने खासै बढ्ने सम्भावना छैन ।’ कास्कीमा अन्यत्रबाट बसाइसराइ गरेर आउनेहरू धेरै भए पनि गण्डकीका अन्य जिल्लाको जनसंख्या धेरै तलमाथि हुने सम्भावना छैन ।

गणकसँगै एक सय ९० जना सुपरीवेक्षक पनि साथमै रहने बस्यालले जानकारी दिए । एक जना सुपरीवेक्षकले ३ देखि ५ जना गणकलाई सहयोग गर्नेछन् । गणकलाई भूगोलको जानकारी दिने, गणकले भरेका विवरण रुजु गर्ने, फारम भर्न नसकेकालाई सहयोग गर्ने काम सुपरीवेक्षकले गर्ने उनले बताए । सबै काम गणक र सुपरीवेक्षक मिलेर गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि ३० भदौदेखि १८ असोजसम्म सञ्चालित राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सोही आधारमा मूल गणना हुनेछ । गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरण संकलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिनेछ । सोही क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि संकलन हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  २ : ०५ बजे

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका