मनाङको प्रशिक्षकमा राजेन्द्र तामाङ « Khabarhub

मनाङको प्रशिक्षकमा राजेन्द्र तामाङ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठौं पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले यस सिजनको लागि टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । २९ कात्तिकबाट सुरू हुने शीर्ष डिभिजनको लिगको लागि मनाङले राजेन्द्रलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो ।

ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले विदेशी प्रशिक्षक तोपे फुजासँग सहकार्य गरि मनाङको ‘टच लाइन’ समाल्नेछन् । फुजा केहि समयपछि नेपाल फर्कदैछन् । यस सिजनको लिगबाट पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पोखरावासी राजेन्द्रलाई प्रशिक्षकमा रोजेको हो ।

‘मनाङले पोखरालाई घरेलु मैदानको रुपमा अगाडि बढाएको छ । म स्थानीय भएँ । दुबैलाई राम्रो हुने भए पनि हामीले सहकार्य गर्यौ ।’ न्युज कारखानासँग प्रशिक्षक राजेन्द्रले भने । राजेन्द्रले पछिल्लो दुई सिजन विभागीय एपीएफ फुटबल क्लब हेरेका थिए । अघिल्लो सिजन राजेन्द्रको प्रशिक्षणमा एपीएफ रेलिगेसन जोनबाट बचेको थियो । १३ खेल खेल्दा दुई जित, तीन बराबर र आठ खेलमा हार व्यहोरेको एपीएफ नौ अंकसहित १२औं स्थानमा रहेको थियो ।

त्यसअघि भएको विना रेलिगेसनको लिगमा एपीएफले पहिलो पटक पाँचौ स्थान प्राप्त गरेको थियो । विना रेलिगेसनका त्यस लिगमा एपीएफले १३ खेल खेल्दा सातमा जित, चार हार र दुई खेलमा बराबरी खेलेको थियो ।

प्रशिक्षक राजेन्द्रले लिगमा लामो इतिहाससहित सफल क्लबमा आफुलाई स्थापित गरिसकेको मनाङमा अनुबन्ध हुन पाउनु खुसीको कुरा भएको बताए । ‘एपीएफपछि खाली थिए । म आफैँ काम गर्न इच्छुक भएर मनाङमा कुरा राखेँ । टिम हेर्न पाएकोमा खुसी छु,’ राजेन्द्रले भने । २९ कात्तिकबाट सुरू हुने लिगमा मनाङले १ मसिंरमा जावलाखेल युथसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ५९ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम