डडेलधुरा एमालेमा चर्कियो असन्तुष्टि « Khabarhub

डडेलधुरा एमालेमा चर्कियो असन्तुष्टि


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेलधुरा नेकपा एमालेमा असन्तुष्टि चर्किएको छ। सुदूरपश्चिममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिविपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा एमालेकी तत्कालीन अध्यक्ष डा. तारा जोशी नै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न लागेका हुन् ।

उनलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले भोलि बुधबार जिल्लामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराउँदै छन् । ओलीले अध्यक्षको रूपमा प्रकाश साउँदलाई जिम्मेवारी दिएपछि एमाले डडेलधुरामा विवाद चर्किएको हो । ती नै साउँदले गाउँ तथा नगर अधिवेशनमा जोशी समूहलाई जानकारी नै नगराई एक्लौटी रूपमा नेतृत्व चयन गरेका थिए।

एमाले अध्यक्ष जोशी रहेको र १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने जोशी समूहका नेता कार्यकर्ताले चेतावनी समेत दिएका थिए।

नेकपा फुटेर एमाले बनेपछि केही साथीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीको गठन गरेपनि केही साथीले तत्कालीन अवस्थामा यथास्थितिमा रहने निर्णय गरेको डा. जोशीले बताए ।

‘माथिबाटै एमालेको एकता कायम गर्नका लागि विभिन्न प्रयास भए । १० बुँदे सहमतिदेखि लिएर अपानी १२ लगायतको कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेरिरहेका थियौं,’ डा. जोशीले भने, ‘तर, कार्यान्वयन भएन् । र, हामी समाजवादीमा प्रवेश गर्दैछौँ ।’

डा. जोशीको जिल्लामा पकड राम्रो रहेको बताइन्छ । उनीसँगै अधिकांश नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने तयारी छ । डा. जोशीसँगै नेतृ सकुन्तला नगरकोटी, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट, अमरगढी नगरप्रमुख संगीता भण्डारी समाजवादीमा प्रवेश गर्दैछन् ।

कार्यकर्ता भेटघाट र कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष नेपाल भोलि (बुधबार) डडेलधुरा आउने लागेको एकीकृत समाजवादी डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। उनकाअनुसार नेपालसँगै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले पनि डडेलधुरा आउन लागेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ०० बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज