इङ्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै « Khabarhub

इङ्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्ल्याण्ड र न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा आज (बुधबार) भिड्ने भएका छन् ।

सेमिफाइनलको पहिलो खेलमा आज राति पौने ८ बजे अबुधाबीमा खेल सुरु हुनेछ ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् ।

इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्युजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन ।

इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ । जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ । न्युजिल्याण्डले समेत ५ मध्य ४ मा जित र १ मा हार ब्यहोरेको छ ।

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ५५ बजे

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको