हिमाली जडिबुटी ‘कुट्की’ को महत्व « Khabarhub

हिमाली जडिबुटी ‘कुट्की’ को महत्व


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पातको किनारा करौटीको धारझैँ काटिएको जस्तो हुने यो बनस्पति समुद्री सतहबाट ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यस जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ ।

यसको फूलको रङ्ग फिक्का निलो प्याजी हुन्छ । यसको जरालाई पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोरामा हाली राख्ने र आवश्यक मात्रालाई कुटेर कपडा छान्ने अनि यसको ४/५ ग्राम धुलोमा मह मिलाएर तातो पानी वा दूधसँग बिहान बेलुका दिनको दुईपटक खानाले हृदय जलन, पाचनसम्बन्धी रोग, उदर, शुल, अजीर्ण (पेट ढुस्स हुने) रोग, दिसा गोटा पर्ने, छालाको रोग, विशेषत दाद रोग, श्वाससम्बन्धी सम्पूर्ण समस्या, कृमी (पेटको कीरा), कृष्ठरोगहरु नाश गर्छ । शरीरमा नयाँ ऊर्जा पैदा गर्छ ।

२. सर्प वा विच्छीले टोकेको ठाउँमा लगाउनाले विशेष फाइदा गर्छ ।

३. यसको प्रयोगले दिसा राम्रोसँग खुलेको छैन भने सुत्ने बेलामा २/३ ग्राम कुट्कीको चूर्ण (धुलो) लाई महमा मिलाएर तातोपानीसँग नियमित केही दिनसम्म खानाले दिसा खलास गर्छ ।
साभारः ‘हाम्रो घरको डाक्टर’पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ४६ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु