अफगानिस्ताबारे नयाँ दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक « Khabarhub

अफगानिस्ताबारे नयाँ दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको राजधानी नयाँ दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू भएको छ । दुई दिने बैठकमा रसिया र इरानसहित मध्यएसियाली देशका प्रतिनिधिहरू सहभागी छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमपछि यस क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थाको समीक्षा र थप रणनीति तय गर्न बैठक आयोजना गरिएको हो ।

बैठकमा इरान, ताजकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तान र रसियाका प्रतिनिधिहरूको सहभागीता छ । पाकिस्तान भने यसअघि नै बैठकमा सहभागी नहुने जनाएको थियो ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले आफू बैठकमा सहभागी नहुने गत साता नै जानाकारी दिएका थिए । यस्तै, चीनले पनि बैठकमा सहभागीता नजनाउने भएको छ ।

अफगानिस्तानले सामना गरेको मानवीय चुनौती र क्षेत्रीय सुरक्षा सम्बोधन गर्न यस क्षेत्रका देशहरुले साझा क्षेत्रीय प्रयास गर्नुपर्ने भारतले बताउँदै आएको छ ।

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरिरहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ५९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग