‘स्क्विड गेम’को दोस्रो संस्करणको तयारी « Khabarhub

‘स्क्विड गेम’को दोस्रो संस्करणको तयारी


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साेल(एबीपी लाइभ)– नेटफ्लिक्समा रिलिज ‘स्क्विड गेम’का निर्माता, लेखक तथा निर्देशक ह्वांग–डोङ–ह्युकले सिरिजको दोस्रो संस्करण आउने तयारीमा रहेको बताएका छन् । उनले सिरिजको प्रमुख पात्र गी–हून नै रहे पनि कथा भने फरक रहने खुलाएका छन् ।

हालै एक अन्तरवार्तामा ह्वांगले दोस्रो संस्करणका बारेमा दिमागमा योजना बनिरहेको खुलाएका थिए । ‘यो अहिले प्रक्रियामा छ । दोस्रो संस्करणमा के हुन्छ भन्ने कुरा अहिल्यै भन्न सकिन्नँ । तर म वचनबद्ध छु कि गी–हुन फर्किनेछन् र विश्वका लागि केही नयाँ काम गर्नेछन्’, उनले भनेका छन् ।

कोरियाली थ्रिलर सिरिज ‘स्क्विड गेम’ ले ऋणमा परेका व्यक्तिका सन्तानलाई एक खेलमा खतरनाक किसिमले खेलेर पैसा जित्ने कथा देखाउछ । गत सेप्टेम्बरमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएपछि यसले विश्वको ट्रेण्ड नै परिवर्तन गरिदियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : ४८ बजे

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास