पल बने विश्वकै कामूक पुरुष « Khabarhub

पल बने विश्वकै कामूक पुरुष


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेता पल रड विश्वकै कामूक पुरुष घोषित भएका छन् । अमेरिकाको एक प्रतिष्ठित पत्रिका ‘पिपल’ले उनलाई सन् २०२१ को ‘सेक्सिएस्ट मेन अलाइव’को उपाधि दिएको हो । यो मामलामा उनले बलिउड तथा हलिउडका ठूला कलाकारलाई पछाडि पारेका छन ।

आफूले यो उपाधि पाउदा पल नै चकित परेका छन् । ‘मैले दयालु, मिलनसार, मेहनती जस्ता उपाधि पाएको छु । तर सेक्सी ? यो केही फरक छ’, उनले भनेका छन् ।

५२ वर्षे अभिनेता पलका दुई सन्तान छन् । कमेडियन अभिनेता पलले जब ‘कामूक पुरुष’को उपाधि पाए, उनले यो कुरा पत्नी जूली येगेरलाई बताएका थिए । पत्नी भने पलको कुरा सुनेर चिन्तित भएकी थिइन् ।

पल विशेषत मार्वलको ‘एन्ट–मेन’को भूमिकाका लागि चिनिन्छन् । यसबाहेक उनले ‘दिस इज ४०’ र ‘क्लूलेस’ जस्ता फिल्ममा पनि काम गरेका छन् । उनी चाँडै एप्पल टीवी प्लसको सिरिज ‘द श्रींक नेक्स्ट डोर’मा देखिँदैछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १ : ५८ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी