पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली (भिडियोसहित) « Khabarhub

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली (भिडियोसहित)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू भएको छ। ६ दिने र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीको सहभागिता छ।

भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको छ।

पशुपतिनाथ मन्दिरका मूल भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार बिहान पशुपतिनाथ मन्दिर क्षेत्रबाट मोटरसाइकल यात्राको सुरू गरेका छन्।

कार्यक्रममा बोल्दै पर्यटन मन्त्री आलेले धार्मिक तथा साँस्कृति सौहार्दता बढाउने उद्देश्यसहित हुन लागेको मोटरसाइकल यात्राले सांस्कृतिक तथा जनस्तरको सम्बन्धको पवित्रताका प्रतिक रहेका पशुपतिनाथ र काशी क्षेत्रको महत्वलाई जोड्न यात्रा सफल हुने अपेक्षा गरे।

भिडियो हेर्नुहोस्

यात्राले नेपाल–भारत सम्बन्ध थप बिस्तारका लागि सहयोगी हुने उनले बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपति र काशी विश्वनाथ क्षेत्र दुई पावन भूमि रहेको र यसले दुई देशका नागरिकहरुको आपसी सम्बन्धको पवित्रतालाई चित्रित गर्ने बताए । र्‍यालीका सहभागीले कात्तिक २७ गते वनारसस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन्।

यात्राका क्रममा र्‍याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा र्‍यालीको आयोजना गरेको हो।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  २ : ५२ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ