‘टिकटक स्टार’को खोजी « Khabarhub

‘टिकटक स्टार’को खोजी


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिभिजन रियालिटी शो ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ हुने भएको छ । शिखर नेपालले अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट प्रतिभाको खोजी गर्न लागेको हो ।

शोमा गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा शिवाकोटी निर्णायक छन् । आयोजकले विजेतामध्ये प्रथमलाई कार, दोस्रोलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहारसँगै उत्कृष्ट १० मा पर्नेलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार दिने जनाएका छन् ।

शिखर नेपालका अध्यक्ष शेखर खनालले टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्मका रुपमा विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको बताए । शो नाइस टेलिभिजन एचडीबाट प्रसारण हुनेछ ।

शोका निार्मता टेकप्रसाद बास्तोलाका अनुसार शोमा सहभागी हुन चाहनेले गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ । अनलाइन अडिसनको समय मंसीर मसान्तसम्म आव्हान गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ३ : ०७ बजे

हुम्लामा दुई मतदानस्थल थपिए

सिमकोट– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

भक्तपुर– सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा

८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै