भारतलाई ऊर्जा संक्रमणकाल व्यवस्थापनको चुनौती | Khabarhub Khabarhub

भारतलाई ऊर्जा संक्रमणकाल व्यवस्थापनको चुनौती


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीभारतीय प्रान्त झारखण्डमा सय वर्षअघिदेखि अन्डरग्राउन्ड कोइला रिजर्भर चलिरहेको छ । त्यहाँबाट आउने धुवाँको रापले धेरै घरलाई असर मात्र गरेको छैन, जनजीवन नै कठिन बनाएको छ । त्यहाँबाट आगो हटाउन भएका धेरै प्रयास असफल भए ।

कोइला रिर्जभरका लागि परिचित झारखण्डमा कोइलाखानीको सबैभन्दा खराब उदाहरण नै झारिया भन्ने ठाउँ हो । यति धेरै कोइला उत्पादनका बाबजुद झारखण्ड भारतको सबैभन्दा गरिब राज्यमध्येको एक हो । यस राज्यका धेरै घरपरिवार गरिबीको रेखामुनि छन् ।

भारतले भोगिरहेको थुप्रै चुनौतीका बीचमा यो सानो पूर्वीराज्य एउटा दृष्टान्त मात्र हो । सन् २०३० सम्ममा ५० प्रतिशत ऊर्जा नवीकरणीय विद्युतीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको भारतका लागि झारिया लगायत अनेकौँ स्थानहरू चुनौती बनेर उभिएका छन् । सन् २०७० सम्ममा ‘नेट जिरो’ कार्बनको लक्ष्य राखेको भारतका लागि लक्ष्य प्राप्ति असम्भव त होइन तर सहज पनि हुनेछैन ।

झारखण्डको वर्षौं पुरानो कोइलाखानी विस्थापित गर्नै पर्ने दिन आउँदैछ । यो क्रम भारतका अन्य राज्यहरूमा पनि लागु हुनेछ । यसको लगत्तै कोइलासँग सम्बन्धित उद्योगहरू व्यवस्थित गर्न र कोइलाखानीमा आश्रित रहेका लाखौँ परिवारका लागि वैकल्पिक व्यवस्थाको गर्ने चुनौती भारतलाई हुनेछ ।

सफा, स्वच्छ हराभरा भारत बनाउने अभियानमा अहिले झारखण्डमा रहेका कोइला उद्योगमा आश्रितहरूको व्यवस्थापन सरकारका लागि साँच्चै टाउको दुखाइ बन्न सक्ने त्यहाँका अर्थशास्त्रीहरूको मत छ ।

त्यहाँ उत्पन्न हुन सक्ने चुनौतीबारे अहिले केही अनुसन्धानकर्ताहरू अध्ययनमा लागेका छन् । यसैमा रहेका छन्, ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज इन वासिङ्टन डिसी’ का वरिष्ठ अनुसन्धानकर्ता सन्दीप पाई । पाईले हालै भारत र दक्षिण अफ्रिकामा कोइला उद्योगमा आश्रित परिवारबारे अध्ययन गरेका थिए ।

उनको अध्ययनअनुसार झारखण्डका कोइला उद्योगमा ३ लाख मानिसको प्रत्यक्ष रोजगारी रहेको छ । कोइला आपूर्तिको लामो सिक्री र यसमा आबद्ध हुनेको सङ्ख्या हेर्ने हो भने १० लाख हाराहारीको यो क्षेत्रमा संलग्नता छ ।

सन् २०३० सम्ममा ५० प्रतिशत ऊर्जा नवीकरणीय विद्युतीय ऊर्जाले विस्थापित गर्ने भारत सरकारको नीति छ । यसो गर्दा लाखौँ मानिस बेरोजगार हुनसक्छन् । ऊर्जा रूपान्तरणको संक्रमणकाल व्यवस्थापन निकै कठिन हुनसक्ने भए पनि सामना नगरी धरै छैन ।

यतिमात्र होइन, प्रायः गाउँमा रहेका अवैध कोइलाखानीमा काम गर्ने लाखौँ मानिसहरू छन् । यी सबै गणना गर्ने हो कोइला उद्योग बन्द हुँदा त्यो राज्यका १० प्रतिशत बेरोजगार हुनेछन् ।

कोइलाको करले झारखण्डको कुल बजेटको ८ प्रतिशत हिस्सा ओगटेको छ । पाईले अध्ययन गरेअनुसार कोइलाखानी बन्द भए झारखण्डका धेरै मानिस बेरोजगार हुनेछन् । स्थानीय र प्रान्तीय सरकारको राजस्व घट्ने छ ।

यतिमात्र होइन, धेरै उद्योगहरूले समाजसेवाका लागि छुट्ट्याएका फन्ड बन्द गर्ने छन् । योजनाबिना यो उद्योग पूर्ण बन्द गर्दा कोइलामा आश्रित परिवारको बाहुल्य रहेको क्षेत्रमा थप समस्या उत्पन्न हुन सक्ने पाईको अध्ययनले देखाएको छ ।

भारतको ऊर्जा क्षेत्रमा कोइलाले कति प्रतिशत हिस्सा ओगटेको छ भनेर पत्ता लगाउन त धेरै कठिन हुन सक्छ । तर, के साँचो हो भने संसारमा भारतभन्दा बढी कोइलाको उपयोग गर्ने देश चीन हो । सन् १९७० यता गत वर्षमात्र कोइला खानीलाई दिइने अनुमतिका सङ्ख्यामा कमी आएको छ । अन्यथा यो क्रम प्रत्येक वर्ष बढ्दो थियो ।

भारतका ७० प्रतिशत उद्योगहरू कोइलाका प्लान्टबाट चलेका छन् । बितेको सय वर्षमा भारत यसरी कोइलामा आश्रित भएको छ कि हरेक तहका सरकारको राजस्वको मुख्य स्रोत नै कोइलाखानी बन्यो । धेरैको जीवनयापनको आधार पनि कोइलाखानी र कोइलाबाट चल्ने उद्योग नै भए ।

सन् २०१९ मा भारत सरकार मातहतको कोल इन्डियाले स्थानीय, प्रान्तीय र सङ्घीय सरकारलाई समेत गरेर कुल ५ खर्ब भारतीय रुपैयाँ राजस्व वा करको रूपमा तिरेको थियो । कोल इन्डिया अन्तर्गत भारतका ८० प्रतिशत कोइलाखानी रहेका छन् ।

यो सङ्घीय सरकारको कुल बजेटको करिब तीन प्रतिशत बराबरको रकम हो । कोल इन्डिया अन्तर्गत २ लाख ७० हजार कामदार छन् ।
कोइला धेरै बलेकै कारण ग्रीनहाउस कार्बन ग्यास उत्सर्जनमा भारत विश्वमा तेस्रो देश बनेको छ । कुल उत्सर्जनमा तेस्रो भए पनि प्रतिव्यक्ति कार्बन ग्यास उत्सर्जनमा भने भारत धेरै पछि रहेको छ । कोइलाबाट चल्ने पावर प्लान्टले धेरै वायु प्रदूषण गरेको छ । यसै कारण पनि भारतमा हरेक वर्ष लाखौँको ज्यान जाने गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले कोइला हटाउन दबाब दिइरहेकै समयमा भारतले सन् २०२१ को अक्टोबरमा सन् २०२४ सम्ममा एक अर्ब टन कोइला उत्पादन गर्ने घोषणा गरेको थियो । भविष्यका पनि कोइला आवश्यक भएको ठहर गर्दै सरकारले उक्त निर्णय गरेको धेरैको मत छ ।
यसको केही समयपछि नै भारतले ग्लास्गोमा सम्पन्न विश्व जलवायु सम्मेलनमा सन् २०३० सम्ममा ५०० गिगावाट पुनः नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रतिबद्धता गरेको छ ।

अगस्ट २०२१ सम्म भारतमा सय गिगावाट पुनः नवीकरणीय ऊर्जा उत्पादन भएको छ । यो बेलायतको भन्दा दुई गुना बढी हो । यसैबीच भारतले सन् २०३० सम्ममा ५० प्रतिशत ऊर्जा विद्युतबाट प्राप्त गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

कोइलाखानी बन्द गर्दै नयाँ ढङ्गको ऊर्जालाई प्राथमिकता दिने निर्णय गरेसँगै भारत सङ्क्रमणकालीन मोडमा उभिएको छ । यो निर्णय कार्यान्वयन चुनौतीपूर्ण छ । यसका लागि भारतीय सरकारले ‘फ्रेम वर्क’ को तयारी पनि गरेको छ तर, यो ‘फ्रेम वर्क’ मा सबै मानिसको पहुँच छैन । सबैले आफ्नो विचार राख्ने अवस्था बनेको छैन ।

पाईले संसारका धनी देशका लागि समेत सङ्क्रमणकालमा धेरै कुराको जोखिम हुने बताउँदै भारतजस्ता देशले यसका लागि तत्काल नीति बनाउन सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

कोइला बन्द गराइएसँगै झारखण्डमा सुरु गरिएको इकोलोजिकल रेस्टोरेसनका कार्यक्रमबारे पनि नयाँ नीति बनाउन आवश्यक हुन्छ । झारखण्डको रहेको एउटा डम्पिङ साइटमा कोइलाखानीबाट निस्किएको फोहोर फ्याँक्ने गरिन्छ ।

इकोलोजिकल रेस्टोरेसनको परियोजना अन्तर्गत नौ वटा भिन्न प्लान्ट बनाइएका छन् । सन् २०१० मा सुरु भएको यो इकोलोजिकल रेस्टोरेसनको परियोजनामा प्रत्येक वर्ष प्लान्ट थप्ने गरिएको छ ।

यो सङ्क्रमणकाल अन्य देशका लागि पनि सहज भने हुनेछैन । यसै कारण विभिन्न देशले आआफ्ना योजना बनाइरहेका छन् । सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय ऊर्जा प्रयोग गर्ने लक्ष्य राखेको इथियोपियाले उद्योगको विकास गर्ने र ती उद्योगहरूमा महिलालाई प्राथमिकता दिने नीति लिएको छ ।

सरकारी निकाय भारत कुकिङ कोलको वातावरण व्यवस्था विभागका पूर्वप्रमुख राजु इभीआर पुराना कोइलाखानी भएका स्थानमा घाँस र अन्य वनस्पति पनि रोप्ने गरेको बताउँछन् । हाल ६० ठाउँको ३ सय हेक्टर जमिनमा विरुवा रोप्न हजार जना कर्मचारी राखिएको इभिआर बताउँछन् ।

पाई पनि कोइलाखानीबाट विस्थापितहरूलाई वृक्षारोपण गर्ने, माछा मार्ने र खेतीकिसानी गर्ने काममा प्रयोग गर्न सकिने बताउँछन् । यसका बाबजुद कोइलाखानीबाट विस्थापित जनसङ्ख्या धेरै हुने भएकाले ठूलो समूहका लागि थप योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

यो सङ्क्रमणकाल अन्य देशका लागि पनि सहज भने हुनेछैन । यसै कारण विभिन्न देशले आआफ्ना योजना बनाइरहेका छन् । सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय ऊर्जा प्रयोग गर्ने लक्ष्य राखेको इथियोपियाले उद्योगको विकास गर्ने र ती उद्योगहरूमा महिलालाई प्राथमिकता दिने नीति लिएको छ ।

इथियोपियाले यसका लागि लामो योजना बनाएको छ । विद्युतीय ऊर्जाको व्यापक प्रयोगसँगै थपिने उद्योगमा काम गर्ने महिलाका लागि प्रशिक्षणको व्यवस्था हुनेछ । विज्ञान र इन्जिनियरिङ क्षेत्रमा महिलाको बलियो उपस्थिति गराउन अहिले नै शिक्षा नीतिमा पनि परिवर्तन गरिएको छ ।

महिलालाई फेलोशिप दिने, छात्रवृत्ति दिने र इन्टर्नशिप गराउने योजनासहित शिक्षा क्षेत्रमा सुधार गरिएको छ । ऊर्जा क्षेत्रमा हुने परिवर्तनसँगै औद्योगिक क्षेत्र र त्यसले समाजका अन्य क्षेत्रमा ल्याउने समस्यालाई ध्यान दिँदै दक्षिण अफ्रिकाले सन् २०१७ मै नयाँ योजना सुरु गरेको छ । यो क्रम स्पेनमा पनि सुरु भएको छ ।

पुनः नवीकरणीय ऊर्जा अबको आवश्यकता हो । तर, पुराना ऊर्जाका स्रोत विस्थापित गर्दा आउने समस्यालाई ध्यानमा राख्दै अहिले नै योजना नबनाए संक्रमणकाल भारतका लागि मात्रै होइन, सबै देशका लागि कठिन हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १२ : २५ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष