बालकको उपचारका लागि देउसी खेलेर सहयोग « Khabarhub

बालकको उपचारका लागि देउसी खेलेर सहयोग


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिका ५ स्थित एक विपन्न परिवारका बालकको उपचारका लागि तिहारमा देउसी खेलेर रकम संकलन गरिएको छ ।

स्थानीय सगुन युवा क्लबले आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ वर्षीय बिरामी छोराको उपचारका लागि सहयोग जुटाउन देउसी खेलेको हो ।

देउसीबाट संकलित २८ हजार ७ सय ४० रुपैया बालकको परिवारलाई हस्तान्तरण गरिएको क्लबका सचिव रोशन दाहालले जानकारी दिए । उनका अनुसार टाउकोमा पानी जमेर आर्थिक अवस्थाका कारण उपचार गर्न नपाएका बालकको उपचारमा सघाउन देउसीको माध्यम अपनाइएको हो ।

सांगितिक कार्यक्रम सम्पन्न

स्थानीय सगुन युवा क्लवले बर्सेनि आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि विहिबार राति सम्पन्न गरेको छ । दिपावली ,छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनि आयोजना गर्दे आएको सांस्कृतिकमूलक सगुन साँझ यसवर्ष भव्य रूपले सम्पन्न गरिएको हो ।

क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा भएको सगुन साँझ सांगीतिक कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बू तथा स्थानीय कलाकारहरुले गीत,नृत्य प्रस्तुत गरेका थिए । बिरामीको उपचारमा सहयोग जुटाउने एवम् हरेक वर्ष हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ३९ बजे

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय