भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी | Khabarhub Khabarhub

भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् ।

उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी रहेको उल्लेख गरेकी छन् ।

प्रीतिले भारतीय दण्ड संहिता(आईपीसी)को धाराहरु ५०४, ५०५ र १२४ए अनुसार कारवाही हुनुपर्ने माग राखेकी छन् ।

यसअघि भारतीय जनता पाटीका सांसद वरुण गान्धीले कंगनाको भनाईको निन्दा गरेका थिए । ‘यो एक किसिमको देशद्रोह र यस्तो वयान दिने व्यक्तिलाई कडा कारवाही हुनुपर्छ । यस्तो नगर्नु ती सबै व्यक्तिका लागि विश्वासघात हुनेछ, जसले स्वतन्त्रत भारतका लागि रगत बगाएका छन् । मानिसहरु हाम्रो स्वतन्त्रता आन्दोलनका गरिएको बलिदानीलाई कहिल्यै भुल्न सक्दैनन् । यो आन्दोलनमा लाखौंको ज्यान गएको थियो । कति परिवार सकिएका थिए । यस किसिमको भनाईलाई माफ गर्नुहुँदैन’, उनले भनेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १२ : ४३ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी