जनगणनामा खस भाषा जगेर्ना गर्नेगरी विवरण दिन सुझाव « Khabarhub

जनगणनामा खस भाषा जगेर्ना गर्नेगरी विवरण दिन सुझाव


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जनगणनाका क्रममा खस भाषाको जगेर्ना गर्नेगरी उत्तर दिन विज्ञले कर्णालीका सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले यस पटकको जनगणननमा मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा बोल्नेहरूलाई अनुराध गरेका हुन् । उनले जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमा जम्मा ३४ जना भएकोले यस पटक खस भाषा जगेर्ना गर्नेगरी जवाफ दिन आग्रह गरिएका हुन्को ।

भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन जनगणामा नै समेटनु पर्ने बताए। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पनि विवरण दिँदा खस भाषामा जोड दिन उत्तरदातालाई अनुरोध गरेका छन् ।

पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खस भाषाको जगेर्ना गर्न उपयुक्त अवसर भएको बताए । उनका अनुसार जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्नेछ । त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरू बताउँछन् ।

बिहीबारबाट जिल्ला जनगणना कार्यालय जुम्लाले गणकहरू घरघर पठाएको कार्यालय प्रमुख शंकरदत्त भट्टले बताए । उनका अनुसार जुम्लामा पहिलो गणना जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाइँको गरिएको छ ।

प्रजिअ प्रसाइँको गणना गर्ने गणक बिष्णुदेवी भण्डारीसहित जिल्लाभर एक सय ६४ जना गणक खटाइएको छ भने ४१ जना सुपरभाइजर खटाइएको छ । जनगणना २०६८ अनुसार जुम्लामा एक लाख आठ हजार जनसंख्या थियो । यस पटक केही बढ्ने अनुमान छ ।

उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरी ५८ प्रश्नावली छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ४२ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन