नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने « Khabarhub

नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।

उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए । उत्सवको सबै तयारी पूरा भएको छ ।

कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा नवीन पौडेल, डा टिबी क्षेत्री तथा नेपालका डा केशव चालिसे, डा अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ ।

सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ । सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताए ।

त्यसैगरी आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डीआर शर्मालाई विभिन्न विधामा पुर्‍याएको योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम छ ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनेछन् भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताए । कार्यक्रमले दुई देशबीचको साहित्य प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

कवि एवं पर्यटन व्यवसायी सुमन घिमिरेले सौराहामा नेपाल र भारतका साहित्यकारको जमघटले साहित्यिक गतिविधिसँगै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए । होटल जङ्गल सफारी लजका सञ्चालकसमेत रहेका घिमिरेको संयोजनमा सौराहामा समय–समयमा साहित्यिक कार्यक्रम हुँदै आएको छ । उत्सव होटल जङ्गल सफारी लजमा हुने तय भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : ४२ बजे

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा