जंगली जनावरको डरले सर्‍यो एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल « Khabarhub

जंगली जनावरको डरले सर्‍यो एमालेको १०औँ महाधिवेशन बन्दसत्र स्थल


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ ।

बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाको लागि स्थान परिर्वतन गरिएको उनले बताए । सोही होटलमा बन्दसत्रको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने मुल व्यवस्थापन समितिले जनाएको छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिबेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिबेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा हुने छ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुने छ । बन्द सत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने एमालेले जनाएको छ ।

यसैबीच, मुल व्यवस्थापन समितिले शुक्रबार सौराहाका व्यवसायीहरुसँग छलफल गरेको छ । व्यवसायीहरुसँग आवास र खाद्य व्यवस्थापनको विषयमा छलफल गरिएको हो । सौराहामा रहेका १५० वटा होटलहरुमा एक हजार ४५० वटा रुम बुकिङ गर्ने तयारी गरिएको छ ।

क्षेत्रीय होटल संघ चितवन सौराहासँग सम्झौता गर्ने सहमति भएपनि अहिले सम्म सम्झौता भइसकेको छैन । मुल व्यवस्थापन समितिको सह–संयोजक तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको बैठकमा आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेल, खाद्य व्यवस्थापन समितिका संयोजक कपिल पोखरेल, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन लगायतको सहभागिता थियो ।

छलफलमा व्यवसायीको तर्फबाट क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी र जीप तथा डुंगा सफारी प्रालिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

-न्यूज कारखानाबाट

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : ४८ बजे

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका